छेउ मै आइ बिरहका गित हरु गाउनु भयो, आज फेरि सपनीमा मेरो बाबा आउनु भयो रुझ्दै रुझ्दै आउनु भयो पर्दै थियो पानी झरी शरीर पनि दुब्लो थियो आँसु थियो गहभरी किन दर्शन दिनुभयो गहभरी आँसु बोकी औशी भन्ने थाहा पाएर मुख देखाउन आउनु भोकी छेउमै आइ हात कमाउदै मेरो निधार छुनु भयो एकैछिन को दर्शन संगै कता विलीन हुनु भयो सपनामा हजुरको अङ्गालोमा हराएछु ब्युझिदा त रित्तो थिए आत्तिएर कराएछु भन्छन सबै बाबा को मुख हेर्नलाई जानुपर्छ मेरो भने हजुरको फोटो माथी आँसु झर्छ अरु हिड्छन बाबा सँग आफ्नो सधै मन रुन्छ मेरो भने कुशेऔशी सपनिमै सिमित हुन्छ पुराना ती दिन सम्झी दुई चार शब्द केरे बाबा आशिष दिनुस सपनिमै हजुरको मुख हेरे बाबा
