मेरी आमा
साँझको बेला झुप्रोबाट सुन्यौ भने कृष्ण राम,
भजन गाँउदै एक्लै बस्ने तिनै त हुन मेरी आमा
छैन खाना खाली पेट पटुकाले कस्या होलिन्
कठै! त्यो चिसो भित्र आमा क्या´रि बस्या होलिन् ।
जस्ताको त्यो छानो बाट सितको थोपा चुँ´दो होला,
बुढेसकालमा एक्लै बस्दा मन पनि त रुँदो होला
रुन्चे स्वरमा झुप्रो बाट सुन्यौ भने मेरो नाम,
"पुन्य छोरा" भन्दै रुने तिनै त हुन मेरी आमा
एक्लि अनि बुढी मान्छे तिम्ले भन्या कल्ले मान्ला,
पुषको जाडो च्यात्तिएको सिरकले क्या´री धान्ला
मलाई नयाँ लुगा किन्न मक्काएको तिम्रो चोली
टुक्रा टुक्रा धुजा धुजा भाको होला आजभोली
जाडो खप्न सकिन भो मलाई पनि लैजाउ राम,
बर्बराउँदै दुख पोख्ने तिनै त हुन मेरी आमा
बाबा हुँदै किनेका ती एक्जोर जुत्ता फाट्या होलान
कस्तो छोरो रैछ भन्दै सबले कुरा काट्या होलान
सोच्छु आमा छोरो भ'र तिम्रा लागि के नै गरे,
बाबा मरे अनि तिम्रा हाँसो खुसि सबै मरे
खाली खुट्टा सेतै कपाल च्यातिएको थोत्रो जामा
येस्तो पहिरन देख्यौ भने तिनै त हुन मेरी आमा...