गजल
खोजी हेरेँ सहरमा, खोजि हिँडे पाखाहरु
भेटिएनन कतै पनि नरसाउने आँखा हरु
बम बारुदको आवाजले तर्सिएर होला सायद,
गाउनै छोडे कोइलीले सुमधुर भाकाहरु
अमृतसरी फुलहरुमा बीष भरिन थालेपछि
सुस्त भए माहुरी अनि सल्बलाए माखाहरु
भाको एउटा छोरो पनि बुहारिकै पेवा हुँदा
बुढेसकालमा रित्तो भाछन बा आमाका काखहरु
बाबू भन्छन टाउको दुख्छ, आमा भन्छिन मुटु दुख्छ,
बूढो शरीर रोगहरु ले बढाउंदैछ्न साखाहरु